मोदीको ‘नमामी गङ्गे’ मिसन, जसले सफा बनाउँदैछ गङ्गा

मोदीले प्रधानमन्त्री हुनासाथ गङ्गा सफाइ गर्ने महाअभियानलाई उच्च प्राथमिकतामा राखे । काम पनि त्यहीअनुसार भाटाभट हुन थाल्यो । अहिले ‘नमामी गङ्गे, राष्ट्रिय मिसन फर क्लिन गङ्गा’ नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ ।

मोदीको ‘नमामी गङ्गे’ मिसन, जसले सफा बनाउँदैछ गङ्गा

काठमाडौं । ‘गङ्गा माताको सेवा गर्नु मेरो भाग्य हो’, सन् २०१४ मा लोकसभा संसद्‌‌मा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए । उत्तर प्रदेशको गङ्गा किनार वाराणसीबाट नदीतर्फ फर्किएर मोदीले शिर झुकाउँदै प्रधानमन्त्रीको पहिलो कार्यकालमा एउटा लक्ष्य लिए- गङ्गा सफा बनाउने ।

वाराणसी भारतको उत्तर प्रदेशमा अवस्थित एक चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र हो । जति हेर्‍यो, त्यति हेरिरहूँ लाग्ने तीर्थस्थल; जसलाई काशी नामले पनि जानिन्छ । सायद मोदीलाई पनि यही धार्मिक सौन्दर्यले तान्यो र वाराणसी (बनारस) पुर्‍याएको थियो ।

तर गंगामा पहिलोजस्तो निर्मल-कञ्चन पानी बगेको थिएन । गङ्गाको दुर्दशा देखेर दुखी बनेका मोदीले सफाइको महाअभियान चलाउने सङ्कल्प लिए ।

पछिल्लो पुस्ताले हेर्दाहेर्दै गङ्गा धमिलियो, मैलो भयो । गङ्गा सभ्यताप्रेमीले खबरदारी गर्दागर्दै पनि विवेकहीन सहरीकरणले गङ्गा ढल जस्तो भएको थियो ।

गङ्गा भारतको एउटा महत्त्वपूर्ण नदी मात्र होइन, विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो । आस्थाको केन्द्रमा फोहोर बग्न थालेपछि भारतभर संरक्षणका लागि चासो र चिन्ता बढेको थियो । सफाइको महाअभियान थाल्न ढिला भइसकेको थियो ।

त्यही बेलामा वाराणसी पुगेका मोदीले सङ्कल्प लिए गङ्गा अर्थात् गङ्गेलाई सफा बनाउने ।

०००

वाराणसी भारतको उत्तर प्रदेशमा अवस्थित एक धार्मिक तथा पर्यटकीय क्षेत्र हो । गङ्गा नदीले भारतको उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भूभागलाई सिँचाइ गर्दछ ।

भारत र बङ्गलादेश भएर बग्ने नदी करिब २५२५ किलोमिटर (१५६९ माइल) लामो छ । भारतमै २ हजार ७१ किलोमिटरसम्म लामो यात्रा तय गर्दै यो बङ्गलादेश पुगेको छ ।

दुनियाँ मन्दीमा रहँदा भारतमा आर्थिक कायापलट हुँदै, यस्तो छ तीव्र विकास गर्ने ‘गतिशक्ति मास्टर प्लान’

भारतको उत्तराखण्ड राज्यबाट निस्किएर दक्षिण पूर्वतिर बग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ गङ्गा नदी । बङ्गलादेशबाट  बंगालको खाडीमा गएर समुद्रमा मिसिने गर्दछ ।

भारतको बाक्लो जनसङ्ख्या र प्रदूषणको कारण पनि गङ्गा फोहोर हुँदै गएको थियो । विशाल प्राकृतिक सम्पदा गङ्गाको सौन्दर्य पुराण र भारतीय साहित्यमा महत्त्वका साथ वर्णन गरिएको छ ।

फोहोर बनेको गङ्गा नदी । फोटो- हिन्दुस्तान टाइम्स

मोदीले प्रधानमन्त्री हुनासाथ गङ्गा सफाइ गर्ने महाअभियानलाई उच्च प्राथमिकतामा राखे । काम पनि त्यहीअनुसार भाटाभट हुन थाल्यो । अहिले ‘नमामी गङ्गे, राष्ट्रिय मिसन फर क्लिन गङ्गा’ नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ ।

उत्तर प्रदेशमा बगेको गङ्गा नदी ।

यसरी सफल भयो ‘नमामी गङ्गे’ मिसन

कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी मिसनले सफलता पाउँछ भन्ने उदाहरण हेर्ने हो भने भारतमा ‘राष्ट्रिय मिसन फर क्लिन गङ्गा’ भन्ने नाराका साथ सञ्चालित ‘नमामी गङ्गे’ मिसन हेरे पुग्छ ।

अघिल्ला सरकारको पालामा ठूला अभियान र आयोजना समस्याग्रस्त बनिरहेका थिए । निर्माण प्रगति सुस्त थियो । जब मोदी सत्तामा पुगे र विभिन्न परियोजनासँगै ‘नमामी गङ्गे’ मिसन अघि बढाए ।

भारतको ‘प्रधानमन्त्री संग्रहालय’, जहाँ सजिएको छ नेपालले दिएको हात्तीको दाँत (हेर्नुहोस् ४० तस्वीर)

अनि अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुग्यो यो महाअभियान । भारतकै धेरै आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको भारतको जनशक्ति मन्त्रालयको बुझाइ छ ।

जनशक्ति मन्त्रालयका कार्यकारी निर्देशक नलिन श्रीवास्तव भन्छन्— यो राष्ट्रिय मिसनले गङ्गा नदीमा वातावरणीय प्रदूषणको रोकथाम भएको छ । प्रदूषण नियन्त्रण पनि भएको छ । गङ्गा पहिलाभन्दा धेरै सफा र शुद्ध भएको छ । सफाइमा धेरै सफलता हासिल भएको छ । आउँदा १० वर्षमा पूर्ण सफा बनाउने लक्ष्य छ ।

भारतमा गङ्गा नदी २ हजार ७१ किलोमिटरसम्म छ । अहिले धेरै ठाउँमा सफा बगिरहेको छ । आउँदो १० वर्षमा सबै ठाउँमा गङ्गाको पानी पिउन मिल्ने बनाउने लक्ष्य छ ।

जनशक्ति मन्त्रालयका कार्यकारी निर्देशक नलिन श्रीवास्तव ‘नमामी गंङ्गे’ राष्ट्रिय मिसन र प्रगतिबारे नेपालका पत्रकारलाई जानकारी गराउँदै ।

पहिलो फोहोरले ढल बनेको कतिपय ठाउँमा अहिले पौडी खेल्न मिल्नेगरी सङ्लो पानी बगिसकेको छ ।

गङ्गा नदीको सांस्कृतिक र आध्यात्मिक महत्त्व मात्र नभएर भारतको ४० प्रतिशत जनसङ्ख्या यसैमा निर्भर छ ।

यसैले गङ्गाको सफाइ धार्मिक, सांस्कृतिक र पर्यावरणीय मात्र नभएर आर्थिक एजेन्डा पनि थियो । यसैले प्रधानमन्त्री मोदीले भन्दै आएका थिए, “यदि हामीले यसलाई सफा गर्न सक्यौँ भने यसले देशको ४० प्रतिशत जनसङ्ख्यालाई ठूलो मद्दत गर्नेछ । तसर्थ, गङ्गा सपाइ पनि आर्थिक एजेन्डा हो ।”

मोदीको त्यो एजेन्डालाई कार्यान्वयन गर्न भारत सरकारले प्रदूषण हटाउन र नदीको पुनरुत्थान गर्न ‘नमामी गङ्गे’ नामको एकीकृत गङ्गा पुनरुत्थान अभियान सुरू गरेको हो ।

केन्द्रीय मन्त्रिपरिषद्ले सन् २०१९-२० सम्म नदी सफाईकै लागि ठूलो बजेट विनियोजन कार्ययोजना बनायो । २० हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने केन्द्रको प्रस्तावित कार्य योजना अनुमोदन भयो । पछि गङ्गा सफाइको लागि बजेटलाई चार गुणा बढाइयो ।

गङ्गा सफा बग्न थालेपछि प्रधानमन्त्री मोदी ।

विभिन्न मन्त्रालयहरू र केन्द्र-राज्यहरूबीचको समन्वयमा सुधार गर्ने कार्ययोजनाका साथ काम भयो । केन्द्र र राज्य स्तरमा अनुगमन प्रणाली सुधार गर्दै गङ्गा सफाइको महाअभियान तीव्रताको लागि लगियो । सुरूमा नमामी गङ्गे कार्यक्रमको कार्यान्वयनलाई विभिन्न चरणमा विभाजन गरियो ।

प्रवेश स्तरका गतिविधिहरू २०१९ सम्म (५ वर्षभित्र कार्यान्वयन गर्ने), मध्यकालीन गतिविधिहरू २०२४ सम्म (सीमाको १० वर्षभित्र कार्यान्वयन गर्ने), र दीर्घकालीन गतिविधिहरू सन् २०३४ सम्म(१० वर्षभित्र कार्यान्वयन गरिने) गरी विभाजन गर्न गरियो ।

नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

अभियानको सुरुमा नदीको सतह सफा गर्नेदेखि लिएर तैरिरहेको ठोस फोहोरको समस्या समाधान गर्ने काम भए । ग्रामीण क्षेत्रको सरसफाईदेखि ग्रामीण क्षेत्रका नाला र शौचालयबाट आउने ढल (ठोस र तरल) निर्माणसम्म सफा गरिए । आधा जलेको वा आंशिक जलेको शवलाई नदीमा नुहाउनबाट रोक्ने काम भयो ।

शवदाहगृहको जीर्णोद्धार, आधुनिकीकरण र निर्माण, घाटको निर्माण, मर्मत र आधुनिकीकरण गरी मानिस र नदीबीचको सम्बन्ध सुधार्ने काम गरियो । यो काम लक्ष्य अनुसार नै सुरूको पाँच वर्षमा सकियो ।

मध्यकालीन गतिविधिअन्तर्गत नगरपालिका र औद्योगिक फोहोर नदीमा आउने समस्या समाधानमा ध्यान दिइयो । जुन सफल बनिसकेको छ । नगरपालिकाको फोहोरको समस्या समाधान गर्न ५ वर्षमा २५ सय एमएलडी थप प्रशोधन क्षमता निर्माण गरिने भन्ने तय थियो ।

गङ्गा सफा बग्न थालेपछि प्रधानमन्त्री मोदी ।

कार्यक्रमलाई दीर्घकालीनरूपमा अझ राम्रो र दिगो बनाउन ठूला वित्तीय सुधारहरू भइरहेका छन् । औद्योगिक प्रदूषणको समस्यालाई सम्बोधन गर्न, राम्रो कार्यान्वयनमार्फत अनुपालन सुधार गर्ने प्रयासहरू सफल देखिएका छन् ।

गङ्गाको किनारमा रहेका अत्यधिक प्रदूषण गर्ने उद्योगहरूलाई फोहोर पानीको मात्रा घटाउन वा पूर्णरूपमा हटाउन निर्देशन दिइएको छ । यस कार्यक्रमअन्तर्गत जैविक विविधता संरक्षण, वन वृक्षारोपण पनि गरियो । यसपछि पानीको गुणस्तर अनुगमन गर्दा धेरै सफाइ देखिएको छ ।

अहिले नदीमा सुनौलो महसिर, डल्फिन, गोही, कछुवा, ओटर जस्ता महत्त्वपूर्ण प्रतिष्ठित प्रजातिको संरक्षण भइरहेको छ ।

‘नमामि गङ्गे’ अन्तर्गत जलस्रोतको स्तर बढिसकेको छ । वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो । जसले पानीको मात्रा र गुणस्तरमा बृहत् मात्रामा वृद्धि गरेको छ ।

दीर्घकालीनरूपमा विद्युतीय प्रवाह निर्धारण पनि गरिएको छ । पानीको उपयोग दक्षतामा सुधार र सतह सिँचाइ क्षमतामा सुधार गरी नदीको पर्याप्त बहाव सुनिश्चित गरिएको छ ।

नेपाली क्रिकेट टोलीलाई भारतको महाराष्ट्र सरकारले सहयोग गर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved