काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर गर्न नसकेपछि नेपाल सस्तैमा अलआउट भएको छ ।
दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भयो । भारतका बलरसामु निरीह बनेका नेपाली ब्याटरको स्कोरकार्डमा पनि दयनीय अवस्था देखियो ।
नेपालले ९.५ ओभरमै २१ रनमा ६ विकेट गुमाएको थियो । हेमन्त धामीले बनाएको ८ रन नै नेपालको उच्च स्कोर थियो ।
अर्जुन कुमाल ७, गुल्सन झा ४, दिपेश कंडेल ४, देव खनाल २, सुवास भण्डारी २ र दीपक बोहोरा १ रनमा आउट भए। उत्तम मगर र दीपक डुम्रे भने डगआउट भए। आकाश चन्द ४ रनमा अविजित रहे।
नेपालले अतिरिक्त १२ रन पाएको थियो । भारतका लागि राज लिम्बानीले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिए ।
नेपाल प्रतियोगिताको लिग चरणबाटै बाहिरिइसकेको छ । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि नेपाल फराकिलो अन्तरले हारेको थियो ।
Facebook Comment
Comment