काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहेकका अन्य विभिन्न देशका लागी पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिको आइतबार बसेको बैठकले धेरै नेपालीको बसोबास रहेको विश्वका ३० वटा देशमा टीका लगाउने समय निर्धारण गरेको हो ।
धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा उनिहरुको माग बमोजिम टीकाको साइत तयार पारिएको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।
कुन देशमा कति बजे लगाउने टीका ?
समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ । अमेरिकाको न्युयोर्कमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११: ३१ मिनेटमा, टेक्सासमा ११: ०३ मिनेटमा, वासिङ्गटन डिसीमा १० : ५३ मिनेट र क्यालिफोर्नियामा १० :३१ मा टीकाको शुभसाइत रहेको छ ।
यसैगरी क्यानडाको टोरोन्टोमा ११:१७ मिनेटमा र भ्यानकुभरमा ११:३५ मिनेटमा टीकाको शुभ साइत रहेको समितिले जनाएको छ ।
भारत, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीका लगाइनेछ । जसमध्ये भारतको दिल्लीमा १०: ५५ मा, जापानको टोकियोमा १०:४५ , अस्ट्रेलियाको सिड्नी ११:१५मा, मेलबर्नमा ११:३५, ब्रिसवेनमा १०:२५ मा र क्यानबेरामा ११:२१ मा टीकाको शुभ साइत रहेको छ ।
यस्तै न्यूजिल्याण्डको वेलिङ्गटनमा ११:२१ मा, पोर्चुगलको लिस्बनमा ११:२३ मा, बेलायतको लण्डनमा ११:३१ मा, फ्रान्सको पेरिसमा ११:२५ मा, नर्वेको ओस्लोमा ११:३५ , मलेसियाको क्वालालम्पुरमा ११:१५ मा, युएईको अबुधाबीमा ११:०५ मा, कतारको दोहामा ९:५९ मा, थाइल्याण्डको बैंककमा १०:३९ मा, दक्षिण कोरियाको सिओलमा ११:३१ मा, यस्तै, इजरायलको तेल अविवमा ९:२५ मा, सिंगापुरमा ११:५ मिनेटमा, साउदी अरेबियामा ९:११ मा, म्यानमारको याङ्गुनमा १०:३१ मा र स्वीटजरल्याण्डको जेनेभामा ११:५५ मा टीकाको शुभ साइत रहेको समितिले जनाएको छ ।
Facebook Comment
Comment