सुर्खेत। कर्णाली राजमार्गमा दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दैलेखको आठबिस नगरपालिका–१ डाब नजिकै सोमबार दिउँसो क १ ज ५५ नम्बरको जिप कर्णाली राजमार्गमा दुर्घटना १४ जना घाइते भएका हुन् ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त जिपमा सवार १४ जना नै घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइते हुनेमा ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, ७ वर्षीय भीष्म बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतीक्षा बटला, १४ वर्षीय शरद विष्ट, २० वर्षीया मनीषा बोगटी, २४ को धनबहादुर बटाला, ७ वर्षीय वसन्त बुढा, ६ वर्षीय अखिल बुढा, १२ वर्षीय सुवास सहकारी र ५५ वर्षीया गोपिकला विष्ट रहेको प्रहरीले जनाएको छ ।
घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment