काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले हराएको छ ।
फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले हराएको हो । नेपालका लागि दीपा शाही र सारा बज्राचार्यले २/२ गोल गरिन् भने सरस्वती हमाल र जेनेफेर रानाले १/१ गोल गरे
यसअघि नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । यो जितसँगै समूह ‘बी’ रहेको नेपाल २ खेलमा ६ अङ्कसहित दोस्रो चरणमा छनोट भएको छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।
पहिलो चरणबाट आठ वटा समूहका विजेता टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दोस्रो चरणका उत्कृष्ट चार वटा टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।
Facebook Comment
Comment