काठमाडौं । बाजुरामा मतगणना सुरु भएको छ । जिल्लाकाे मतगणना दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भने पनि करिब साढे दुइ घण्टा पछाडि सुरु भएकाे हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको थियाे ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन्। आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो। तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो।
निर्वाचन आयाेगले १० दिनपछि हिजाे मतगणना गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो । बाजुरा जम्मा मतदाता ८३ हजार५६७ मतदाता मध्ये ६० हजार १५२ जनाले मतदान गरेका थिए । १ प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे बाजुरामा प्रदेश(१): २० हजार ९ सय ९४ र प्रदेश र (२) :३९ हजार १५८ मत खसेकाे छ । मतदानलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागी सुरक्षा व्यवस्था कडा पारिएको छ।
Facebook Comment
Comment