सुर्खेत २ बाट प्रतिस्पर्धीलाई पाँच हजार मतले पछि पार्दै कांग्रेसका थानी निर्वाचित

नेपालभ्युज

सुर्खेत २ बाट प्रतिस्पर्धीलाई पाँच हजार मतले पछि पार्दै कांग्रेसका थानी निर्वाचित

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन्।

थानी ३४ हजार ६२५ ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसी २९ हजार ५५८ मत प्राप्त गरे।

यहाँ ७६ हजार ३५२ मत खसेको थियो। थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी भएका छन्। ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थानीले यो पटक हारको बदला लिएका छन्। थानी यसअघि ०५६ र ०७० मा भएका निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

पूर्व सहकारीमन्त्री थानी र सहकारी अभियन्त्ता विसीबीच रोचक प्रतिस्पर्धा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved