अहिलेसम्म २१ ठाउँको नतिजा सार्वजनिक, कस्ले कहाँ जिते ?

२१ मध्ये १२ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  यस्तै तीन ठाउँमा नेकपा एमालेका, तीन ठाउँमा राष्ट्रीय स्वतन्त्र पार्टीका तथा नेकपा एकिकृत समाजवादी र राष्ट्रिय उन्मुक्ति पार्टीले एक एक ठाउँमा जित निकालेका छन् ।

नेपालभ्युज

अहिलेसम्म २१ ठाउँको नतिजा सार्वजनिक, कस्ले कहाँ जिते ?

काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म २१ ठाउँको नतिजा सार्वजनिक भएको छ । २१ मध्ये १२ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  यस्तै तीन ठाउँमा नेकपा एमालेका, तीन ठाउँमा राष्ट्रीय स्वतन्त्र पार्टीका तथा नेकपा एकिकृत समाजवादी र राष्ट्रिय उन्मुक्ति पार्टीले एक एक ठाउँमा जित निकालेका छन् ।

कांग्रेसका राजेन्द्र केसी काठमाडौं १० बाट, हृययराम थानी सुर्खेत २ बाट, शंकर भण्डारी तनहुँ २ बाट, शेरबहादुर देउवा डडेल्धुराबाट, उदयसम्शेर जबरा ललितपुर १ बाट, गगन थापा काठमाडौं ४ बाट, मोहन आचार्य रसूवाबाट, प्रदीप पौडेल काठमाडौं ५ बाट, सन्तोष चालिसे काठमाडौं ३ बाट, प्रकाशमान सिंह काठमाडौं १ बाट, योगेश गौचन मुस्ताङ् र टेकबहादुर गुरुङ् मनाङ्बाट विजयी भएका छन् ।

एमालेका काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन ललितपुर २ बाट र अम्बरबहादुर रायामाझी उदयपुर २ बाट विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं २ मा सोविता गौतम,  काठमाडौ ७ मा गणेश पराजुली  र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

नेकपा एकिकृत समाजवादीका तर्फबाट अछाम १ मा शेरबहादुर कुँवर विजयी भएका छन् । राप्रपाका धवलसम्शेर राणा बाँके २ बाट र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली ३ बाट विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved