एमालेले समानुपातिकमा कटायो १ लाख मत

प्रत्यक्षतर्फको जारी मत गणनामा दोस्रो देखिएको नेकपा एमाले समानुपातिक मतमा भने अगाडि आएको छ। जारी गणनामा उसले एक लाख बढी भोट पाएको छ।

नेपालभ्युज

काठमाडौं। प्रत्यक्षतर्फको जारी मत गणनामा दोस्रो देखिएको नेकपा एमाले समानुपातिक मतमा भने अगाडि आएको छ। जारी गणनामा उसले एक लाख बढी भोट पाएको छ। म्ंगलबार अपराह्नसम्म एमालेले १ लाख ६ हजार ९४ मत ल्याएको छ।

कांग्रेसले हालसम्म ९० हजार ५ सय ९३ मत ल्याएको छ। तेस्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ४७ हजार ३५ मत प्राप्त गरेको छ।

चौथो स्थानमा माओवादी केन्द्र छ। माओवादी केन्द्रको ३९ हजार ७ सय ४६ मत छ। पाचाैँ स्थानमा राप्रपाको २६ हजार ५ सय ३७ मत छ। छौंटौ स्थानमा जसपा छ। उसको ८ हजार १ सय ८५ छ। सातौँ स्थानमा जनमत पार्टी छ।

उसको करिब ७ हजार ८ सय ४४ मत छ। आठौँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीको झन्डै ५ हजार बढी मत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved