नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपाको सुरुवाती अग्रता

नेपालभ्युज

नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपाको सुरुवाती अग्रता

भक्तपुर। नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो ।

१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरतबहादुर खड्काले ३५९ मत पाएका छन् । दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् ।

यसैगरी, तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनील गोठेले २०२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved