गोरखाको चुनावमा धाँधली भएको एमालेको आरोप, पुन: मतदानको माग

नेपालभ्युज

गोरखाको चुनावमा धाँधली भएको एमालेको आरोप, पुन: मतदानको माग

गोरखा। गोरखामा मतदानका क्रममा धाँधली भएको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको छ । जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गरेका छन् ।

विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved