काठमाडौं-७ मा मतगणना सुरु, मानुषी यमिसहित तीन जनाबीच मूख्य प्रतिष्पर्धाको अनुमान

काठमाण्डौँ महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेको जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

नेपालभ्युज

काठमाडौं-७ मा मतगणना सुरु, मानुषी यमिसहित तीन जनाबीच मूख्य प्रतिष्पर्धाको अनुमान

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरु भएको छ । काठमाण्डौँ महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेको जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिइन् । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । त्यस क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी यमि भट्टराई), नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved