जाडोको मतलब नगरी मतदाताहरु लाइनमा

नेपालभ्युज

जाडोको मतलब नगरी मतदाताहरु लाइनमा
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को शिव माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेका मतदाता । तश्वीर : रमेश रावल

काठमाडौं। बिहान ७ बजेसँगै देशभरका मतदान केन्द्रमा मतदाताको भीड लाग्न थालेको छ । पहाडी र हिमाली क्षेत्रमा विहान जाडो निकै बढेको छ । तर जाडोको पर्बाह नगरी मतदाता मतदान केन्द्रमा पुगेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदानको लागि मतदाता नामावलीमा नाम हुनैपर्नेछ । तर मतदाता परिचयपत्र हराएमा भने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी पूर्जा देखाएर पनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

कालिकोटको रास्कोट-८ को मतदान केन्द्रमा  विहानैदेखि मतदाताको लाइन । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved