गोपनियता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

नेपालभ्युज

गोपनियता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं।  निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेका हुन्।

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved