सल्यानको चुनाव

गठबन्धनको भरमा प्रकाश ज्वाला पाँचौं जितको खोजीमा, एमालेका राय कठिन अवस्थामा

 स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेसको ३३ हजार छ सय १६, माओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार चार सय ६७ मत छ ।

नेपालभ्युज

गठबन्धनको भरमा प्रकाश ज्वाला पाँचौं जितको खोजीमा, एमालेका राय कठिन अवस्थामा

सल्यान । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला छन् भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । राय गएको भदौमा मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेसको ३३ हजार छ सय १६, माओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार चार सय ६७ मत छ ।

एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन् । विसं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका ज्वालाले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरे। उनले भने, “सल्यानको विकास र समृद्धिका लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो ।”

एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved