मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु : गगन थापा

नेपालभ्युज

मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्‍याएका छन् ।  बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गर्ने बताए ।

‘अब मुलुक चलाउने जिम्मेवारी युवाहरूलाई दिनुपर्छ । त्यसको सुरुवात आफैँले गर्ने हो’, थापाको भनाइ थियो ।

थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चुनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको प्रष्ट्याए । अब शीर्ष नेताहरूलाई पछाडिको सिटमा राखेर स्टेरिङ समात्न आफू तयार रहेको पनि उनले सुनाए ।

यसअघिको पाँच वर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अबको पाँच वर्ष स्थिरता र परिणाममुखी हुनुपर्ने उनकको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved