डडेलधुरामा देउवाविरुद्ध स्वतन्त्र उठेका उम्मेदवारलाई एमालेको समर्थन

नेकपा एमालेले डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ। एमालेका पुराना नेता शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो।

नेपालभ्युज

डडेलधुरामा देउवाविरुद्ध स्वतन्त्र उठेका उम्मेदवारलाई एमालेको समर्थन

काठमाडौं। नेकपा एमालेले डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ। एमालेका पुराना नेता शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो।

एमालेले कांग्रेस बीपीसँग तालमेल गर्ने भन्दै आधिकारिक उम्मेदवारी फिर्ता लिएपछि देउवाविरुद्ध एमालेको उम्मेदवारी खाली भएको थियो। तर, अन्तिम समयमा बीपी कांग्रेसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि एमालेले उक्त समझदारी अन्त्य भएको जनाएको थियो।

समन्वय कमिटीका अध्यक्ष प्रेम बहादुर बोहरा र सचिव शिवराज ताम्राकारद्वारा आज जारी गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शाहीलाई नै समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ। यसअघि जिल्ला कमिटीले पनि शाहीलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved