सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा प्रशिक्षण दिने

नेपालभ्युज

सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं। आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनका शीर्ष नेताहरूले आइतबार काठमाडौंमा प्रशिक्षण दिने भएका छन्।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा सत्ता गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved