बिस्काः जात्राका लागि रथ निर्माण अन्तिम चरणमा (तस्वीरहरू)

बिस्काः जात्राका लागि रथ निर्माण अन्तिम चरणमा (तस्वीरहरू)

भक्तपुर । काठमाडौं उपत्यकाको प्राचीन सहर भक्तपुरमा मनाइने १५ सय वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्काः जात्रा’ नजिकिँदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने यो जात्रा काठमाडौं उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो ।

बिस्काः जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यसैगरी श्रीभद्रकालीको सानो रथ पनि निर्माण हुँदैछ ।

लिच्छविकालदेखि मनाउन थालिएको यो ऐतिहासिक जात्रा बिक्रम सम्वतको नयाँ वर्षको चार दिनअगाडि मनाइन्छ । जात्राको पहिलो दिन भैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्काः जात्रा यही चैत्र २८ गतेदेखि सुरु हुनेछ ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved