काठमाडौं । राम नवमी पर्व आज नेपाललगायत विश्वभरका हिन्दु धर्मावलम्बीहरूले भगवान श्रीरामको पूजा आराधना गरि मनाउँदै छन् ।
त्रेतायुगमा भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्यामा भगवान श्रीरामको जन्म भएको धार्मिक विश्वास रहिआएको छ ।
राम नवमीमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ । काठमाडौंको बत्तीसपुतली, ललितपुर र भक्तपुरको राम मन्दिरहरूमा र जनकपुरस्थित राम जानकी मन्दिरलगायत देशभरका राम मन्दिरहरुमा आज श्रद्धालु भक्तजनको भीड छ ।
भगवान श्रीरामले जीवनभर मर्यादा, सत्य, न्याय र कर्तव्यको पालना गरेकोले उनलाई ‘मर्यादा पुरुषोत्तम’ समेत भनिँदै आइएको छ।
आजको दिन देशभरका नदी, ताल, कुण्डहरूमा नित्यस्नान गरी व्रत बस्ने, राम गीता तथा भानुभक्तीय रामायण वाचन गर्ने, र श्रीरामको भजनकीर्तनमा गर्ने परम्परा छ।
(तस्वीरमा बत्तीसपुतलीस्थित राम मन्दिरमा पूजा आराधना गर्दै श्रद्धालु)

Facebook Comment
Comment