महाशिवरात्रिको तयारी : रङ्गिँदै पाशुपत क्षेत्र (तस्वीरहरू)

महाशिवरात्रिको तयारी : रङ्गिँदै पाशुपत क्षेत्र (तस्वीरहरू)

काठमाडौं । हिन्दू धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्रमा रङ्गरोगन तथा मर्मतसम्भारको काम थालिएको छ ।

भारत लगायतका देशहरूबाट समेत लाखौको संख्यामा श्रद्वालु आउने महाशिवरात्रिको पर्वको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर तथा आसपासका ठाउँहरूमा रङ्गरोगन र मर्मतसम्भार गर्न थालिएको हो ।

यसपालि फागुन १४ गते परेको महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २५ गतेदेखि ‘विशेष सरसफाइ’समेत सुरु गरेको छ ।

महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।

हैराँ तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved