स्यालको आक्रमणबाट महोत्तरीमा ६ जना घाइते

स्यालको आक्रमणबाट महोत्तरीमा ६ जना घाइते

जनकपुरधाम। गौशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।

मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घाइते हुनेहरुमा मती देवी महतो, ललिता शर्मा, लिलम साह, रोशन यादव, रामचन्द्र यादव, मन माया पोखरेल रहेका छन् ।

खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।

खेतबाट बेलुका घर फर्किरहेको बेला एक्कासि जंगलबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताइन् ।

यसअघि नजिकैको जंगलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीयले बताए।

स्यालको टोकाइबाट घाइते भएकालाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved