मिलान्था बने ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

मिलान्था बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएल क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्धलाई ५ विकेटले पराजित गर्न ८७ रनको योगदान गरेका मिलान्थाले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उनैले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

जनकपुरका हेमन्त धामीले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जनकपुरको शेर मल्लले ‘क्याच अफ द म्याच’ जितेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved