एनपीएल

सर्वाधिक विकेट लिने खेलाडी बन्ने प्रतिस्पर्धामा कुगलेइन र ललित

नेपालभ्युज

सर्वाधिक विकेट लिने खेलाडी बन्ने प्रतिस्पर्धामा कुगलेइन र ललित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि भिन्डन्तका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनल भिडन्त भइरहेको छ ।

प्रतियोगितामा सुरुदेखि नै उच्च लयमा रहेका सुदूरपश्चिम र जनकपुरबीचको उपाधि भिडन्तलाई ‘एल क्लासिको’को संज्ञा दिइएको छ ।

यो त भयो टिमको कुरा । तर यहाँ खेलाडीबीच पनि व्यक्तिगत कीर्तिमानका लागि प्रतिस्पर्धा भइरहेको छ । तीमध्ये दुई हुन्– बलरद्वय स्कट कुगलेइन र ललित राजबंशी ।

सुदूरपश्चिमका फास्ट बलर कुगेलेइन र जनकपुरका स्पिनर ललितले आलसम्म समान १६–१६ विकेट लिएका छन् । यसअघि कुगेलेइन २ विकेटले अघि थिए । तर बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध २ नै विकेट लिएपछि ललितले बराबरी गरेका छन् ।

यद्यपि कम खेल खेलेका आधारमा कुगेलेइन अझै पनि सूचीको पहिलो स्थानमा छन् । जारी प्रतियोगितामा न्युजील्यान्डका खेलाडी कुगेलेइनले ८ खेल खेलेका छन् । यता नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ललितले भने १ खेल बढी खेलेका छन् ।

इकोनमीमा भने ललित कुगलेइनभन्दा अगाडि छन् । ललितको इकोनमी ५.५० छ भने कुगेलेइनको ६.४६ रहेको छ ।

फाइनलमा दुवैले बराबरी विकेट लिएमा कम खेल खेलेका आधारमा कुगेलेइन सर्वाधिक विकेट लिने खेलाडी बन्नेछन् । यसर्थ ललितसामु बढी विकेट लिने चुनौती थपिएको छ ।

सूचीको तेस्रो नम्बरमा चितवन राइनोजका पाकिस्तानी बलर साहिल तानबिर छन् । उनले १४ विकेट लिएका छन् ।

यस्तै कर्णालीका विपिन शर्मा र चितवनका रिजन ढकालले समान १३–१३ विकेट लिएका छन् ।

हेराैँ सूची :

एनपीएलमा आज छैनन् कुनै खेल, भोलि सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved