एनपीएल

रवाफिलो जितसँगै सुदूरपश्चिम फाइनलमा, जनकपुरले दोस्रो क्वालिफायर खेल्ने

नेपालभ्युज

रवाफिलो जितसँगै सुदूरपश्चिम फाइनलमा, जनकपुरले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।

अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।

यस्तै, अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।

जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे ।

शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved