वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित

नेपालभ्युज

वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एनपीएल क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका चाडविक वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बुधबार भएको खेलमा २३ बलमा ४६ रन बनाएका उनले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जयकिशन कोसावाला ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

कर्णालीकै विपिन शर्माले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कर्णालीका गुल्शन झाले ‘क्याच अफ द म्याच’ जितेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved