दीपेन्द्र ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

दीपेन्द्र ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

सोमबार सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्न ३८ रनको योगदान गरेका दीपेन्द्रले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ऐरीले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

उनले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका इशान पाण्डेले क्याच अफ द म्याच जितेका हुन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved