स्कट कुगेलेइन बने ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

स्कट कुगेलेइन बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

आईतबार पोखरालाई पराजित गर्न ५ विकेट लिएका स्कटले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पोखराका एन्ड्रिज गौसले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका नरेश बुढायरले क्याच अफ द म्याच जितेका हुन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

किरण ठगुन्नाले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved