चितवन पनि एनपीएलको प्लेअफमा, चौथो टोलीको टुङ्गो अन्तिम खेलले लगाउने

नेपालभ्युज

चितवन पनि एनपीएलको प्लेअफमा, चौथो टोलीको टुङ्गो अन्तिम खेलले लगाउने

काठमाडौं । चितवन राइनोज पनि नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । चितवन प्लेअफ पुग्ने तेस्रो टिम हो ।

आईतबार भएको खेलमा पोखरालाई सुदूरपश्चिमले ५ रनले पराजित गरेसँगै चितवनको प्लेअफमा स्थान पक्का भएको हो ।

अंकतालिकामा ८ अंकसहित तेस्रो स्थानमा भएको चितवनलाई अब कुनै पनि खेलको नतिजाले प्रभावित गर्ने छैन ।

लिग चरणको अन्तिम खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । कर्णाली विजयी भए प्लेअफमा पुग्नेछ । पराजित भएमा भने नेट रनरेटका आधारमा काठमाडौं र कर्णालीमध्ये एक टिम पुग्नेछ ।

यसअघि नै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्सको यात्रा भने समाप्त भइसकेको छ ।

प्लेअफमा तालिकाको माथिल्लो दुई स्थानमा रहने टोलीले क्वालिफायर खेल्नेछन् । जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

उपविजेताले तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने इलिमेनेटरको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved