विराटनगरमाथि काठमान्डुको एक विकेटको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै

नेपालभ्युज

विराटनगरमाथि काठमान्डुको एक विकेटको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सलाई हराउँदै काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ ।

कीर्तिपुरका त्रिवि मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सलाई १ विकेटकाे झिनो अन्तरले हराउँदै काठामान्डुले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो ।

जितसँगै ८ अंक भएको काठमान्डु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान ८ अंक भएको कर्णाली चौथो स्थानमा छ । ८ अंक नै भएको चितवन तेस्रो स्थानमा छ ।

अब सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलमा कर्णाली फराकिलो अन्तरले पराजित भएमा काठमाडौंले प्लेअफमा स्थान पक्का गर्नेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर र पोखरा एभेन्जर्सको एनपीएलमा यात्रा समाप्त भइसकेको छ ।

११८ रनको सामान्य लक्ष्य काठमान्डुले १८.१ ओभरमा पूरा गर्यो । काठमान्डुका लागि प्रतीक श्रेष्ठले सार्वधिक ३९ रन बनाए । शंकर राणा १६ रनमा अविजित रहे ।

विराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै, अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९‍.५ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाए । दिपक बोहराले भने २० रन बनाए ।

काठमान्डुका लागि गेहार्ड इरास्मसले ३, दीपेश कँडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।

अर्को खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved