कुशलको धुँवादार ब्याटिङ, जनकपुरलाई १८१ रनको लक्ष्य

नेपालभ्युज

कुशलको धुँवादार ब्याटिङ, जनकपुरलाई १८१ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

चितवनका लागि कप्तान कुशल मल्लले धुँवादार ब्याटिङ गरे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

रवि बोपाराले ४४ रन जोडे । हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

चितवनले डेथ ओभरमा धुवाँदार ब्याटिङ गरेको थियो । अन्तिम चार ओभरमा ६१ रन जोड्दै चितवनले सम्मानजनक स्कोर खडा गरेको हो ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक/एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved