एस्किनाजीले जिते ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

एस्किनाजीले जिते ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमान्डु गुर्खाजका स्टिफन एस्किनाजी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शनिबार भएको खेलमा पोखरालाई पराजित गर्न ६० रनको योगदान गरेका एस्किनाजीले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उनले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

पोखराका रेमन रेफरले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

काठमान्डुका ओपनर माइकल लेभिट ‘क्याच अफ द म्याच’ जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved