रेमनको विस्फोटक ब्याटिङमा काठमान्डुलाई १३९ रनको लक्ष्य, राशिद र करणले लिए ३ विकेट

नेपालभ्युज

रेमनको विस्फोटक ब्याटिङमा काठमान्डुलाई १३९ रनको लक्ष्य, राशिद र करणले लिए ३ विकेट

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।

पोखराका लागि रेमन रेफरले अविजित ४१ रन बनाए । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

दिनेश खरेलले ३८ रन बनाए । दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

काठमान्डुका लागि भने राशिद खान र कप्तान करण केसीले ३–३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

टस जितेर काठमान्डुले बलिङ रोजेसँगै पोखरा ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved