कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

नेपालभ्युज

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीतिैपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved