रोहित बने ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

मंगलबार भएको खेलमा लुम्बिनीलाई जिताउन अलराउण्ड प्रदर्शन गरेको उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । पौडेलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले ८० रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।

रोहितले नै ‘सुपर फोर’ को अवार्ड जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

लुम्बिनीका साद बिन जफरले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved