एनपीएलमा १५ खेल सकिँदा सबैभन्दा बढी रन रोहितले बनाए, धवन पाँचौंमा

नेपालभ्युज

एनपीएलमा १५ खेल सकिँदा सबैभन्दा बढी रन रोहितले बनाए, धवन पाँचौंमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबारसम्म १५ वटा खेल सकिएका छन् । पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजबाहेक प्रत्येक टोलीले ४–४ खेल खेल्दा सबै खेल जितेको जनकपुर बोल्ट्स लिगको शीर्ष स्थानमा छ ।

यता नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ । उसले कुनै अंक जोड्न सकेको छैन । लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना लगभग निश्चित छ ।

यसका बीच लुम्बिनीका कप्तान रोहितले भने व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरेका छन् । हालसम्म उनले सर्वाधिक १८१ रन बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनी शतक बनाउनबाट मात्र ५ रनले चुकेका थिए ।

सो खेलमा रोहितले अविजित ९५ रन बनाएका थिए ।

यस्तै जनकपुरका लहेरू मिलान्था दोस्रो स्थानमा छन् । श्रीलंकन मूलका अमेरिकन यी खेलाडीले १६८ रन बनाएका छन् ।

तेस्रो स्थानमा इंग्ल्यान्डका रवि बोपारा छन् । जनकपुरबाट खेलिरहेका उनले १५७ रन बनाएका छन् ।

यसैगरी चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले १४० रन बनाएका छन् ।

सूचीको पाँचाै‌ं स्थानमा भारतका चर्चित खेलाडी शिखर धवन छन् । उनले १३६ रन बनाएका छन् । जम्मा ४ खेल मात्र खेल्न आएका धवन घर फर्किसकेका छन् ।

एनपीएलमा सोमबार कुनै खेल छैनन् । खेलाडीको आरामका लागि कुनै खेल नराखिएको बताइएको छ । मंगलबार भने सदाझैँ दुई खेल हुनेछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

धवनलाई यसरी गरेका थिए कर्णाली याक्सका प्रशिक्षक र कप्तानले बिदाइ (तस्वीरहरू)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved