धवनलाई यसरी गरेका थिए कर्णाली याक्सका प्रशिक्षक र कप्तानले बिदाइ (तस्वीरहरू)

नेपालभ्युज

धवनलाई यसरी गरेका थिए कर्णाली याक्सका प्रशिक्षक र कप्तानले बिदाइ (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । सगरमाथा आधार शिविर (एभरेष्ट बेसक्याम्प)को अवलोकन गरेपछि उनी स्वदेश फर्किएका हुन् ।

धवनसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले हेलिकोप्टरमा गएर आइतबार सोलुखुम्बुस्थित एभरेष्ट बेसक्याम्पको अवलोकन गरेको थियो ।

उनीहरूले ३–४ घण्टाको समय एभरेष्ट बेसक्याम्पमा बिताएका थिए । त्यसपछि आइतबार साँझ काठमाडौं आएर धवन एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

यसअघि उनले काठमाडौंको पशुपतिनाथ दर्शन गरेका थिए । धवनले आउँदो मार्चमा फेरि नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनले एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो, नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।

भारत जानुअघि कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल, कप्तान सोमपाल कामीलगायतले धवनलाई अंकमाल गरेर बिदाइ गरेका थिए । साथै खेलाडीहरूले उनीसँग अटोग्राफ लिएका थिए ।

हेरौँ तस्वीरमा :

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved