जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

नेपालभ्युज

जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

जनकपुरका लागि अनिल साहलृे ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।

लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।

टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved