विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित

नेपालभ्युज

विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एनपीएलमा विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सका विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शनिबार भएको खेलमा विलियमले ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले ६६ रन बनाउनुका साथै १ विकेटसमेत लिएका थिए ।

साथै, उनले सुपर फोरको अवार्ड पनि जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

कर्णालीका विपिनप्रसाद शर्मा ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कर्णालीका  यूनिश ठकुरीले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved