पोखराले लुम्बिनीलाई हराउँदा बनेका ४ रेकर्ड

नेपालभ्युज

पोखराले लुम्बिनीलाई हराउँदा बनेका ४ रेकर्ड

काठमाडौं । पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको खेलमा ४ वटा रेकर्ड बनेको छ ।

पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै विनाविकेट १७६ रन बनाएर पूरा गरेको थियो ।

हेरौँ आजको खेलमा बनेका रेकर्ड-

एनपीएलमा पहिलो शतक

पोखराका ओपनर एन्ड्रिज गौसले शतक प्रहार गरे । यो एनपीएलको पहिलो शतक हो । उनले ५४ बलमा शतक पूरा गरेका हुन् । जसक्रममा १२ चौका र ५ छक्का प्रहार गरे ।

१० विकेटको जित हात पार्ने पहिलो टिम

पोखरा एनपीएलमा १० विकेटले विजयी हुने पहिलो टिम बनेको छ । यसअघि कुनै टोलीले यस्तो फराकिलो जित हासिल गरेको थिएन ।

छिटो अर्धशतक

गौस एनपीएलमा छिटो अर्धशतक पूरा गरेका छन् । उनले २० बलमा अर्धशतक पूरा गरेका हुन् । जसक्रममा ४ छक्का र ५ चौका प्रहार गरे । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए ।

उच्च साझेदारी

पोखराका ओपनरद्वय गौस र दिनश खरेलले लुम्बिनीविरुद्ध एनपीएलकै उच्च साझेदारी गरे । उनीहरुले अविजित १७६ रनको साझेदारी गरे ।

यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved