शतक होल्डर गौस ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

शतक होल्डर गौस ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शुक्रबार भएको खेलमा उनले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए ।  उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरेका छन् । उनले २५ हजार रुपैयाँ पाएका छन् ।

यस्तै, गौसले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved