रोहितको धुँवादार ब्याटिङमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

नेपालभ्युज

रोहितको धुँवादार ब्याटिङमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
लुम्बिनीका कप्तान रोहित पौडेल ।

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए ।

पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved