काठमान्डुले सुदूरपश्चिमविरूद्ध पहिले बलिङ गर्ने

नेपालभ्युज

काठमान्डुले सुदूरपश्चिमविरूद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर बलिङ रोजेको हो । सुदूरपश्चिम रोयल्सले अब ब्याटिङ गर्ने भएको छ ।

दुईमध्ये एक खेलमा जित र अर्कोमा हार व्यहारेको काठमान्डु ‘बलियो टोली’ सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

यता सुदूरपश्चिम पहिलो खेलमा विराटनगर किंग्सलाई फराकिलो अन्तरले हराउँदाको लय काठमान्डुविरुद्ध पनि कायम राख्न चाहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved