सुमित महर्जन ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

सुमित महर्जन ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजका सुमित महर्जन ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंका महर्जन ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, च्याडविक वाल्टनले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्रदान गरिएको छ ।

विल बोसिस्टोले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved