चितवनका रिजन ढकाल ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

चितवनका रिजन ढकाल ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स र चितवन राइनोजबीचको खेलमा रिजन ढकाल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनका रिजन ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, चितवनबाट अर्धशतक बनाएका रवी बोपाराले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

सोहेल तनाबिरले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

‘क्याच अफ द म्याच’ अवार्ड विपिन रावलले प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved