चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

नेपालभ्युज

चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गर्दै ५१ रन जोडे ।

कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६, हसन इसाखिलले १४, अमर रौतेलाले १३ र शरद भेष्वाकरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि रेमन रेफर, विपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकालले १ विकेट लिए।

टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved