पहिलो जितको खोजीमा सन्दीप नेत्तृत्वको विराटनगर

नेपालभ्युज

पहिलो जितको खोजीमा सन्दीप नेत्तृत्वको विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार)को पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेका छन् । यो खेल कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटको फराकिलो पराजयपछि सन्दीप नेत्तृत्वको विराटनगर आज पहिलो जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिम भने पहिलो खेलबाटै सुखद निकाल्ने दाउमा छ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल दिउँसो १ः०० बजे सुरु हुनेछ ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved