५ विकेट लिएका तानबिर ‘प्लेयर अफ द म्याच’ घोषित

नेपालभ्युज

५ विकेट लिएका तानबिर ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर सोहेल तानबिर ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

उनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका थिए । यससँगै उनले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved