चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हरायो

नेपालभ्युज

चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।

काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ रन जोडे । यस्तै, हसन इसाखिलले १२ रन जोडेका छन् ।

काठमाडौंका शाहब आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे ।

चितवनका सोहेल तानबिरले ५ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved