काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा मंसिर आज (सोमबार) दुईवटा खेल हुँदैछन् ।
बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् । काठमाडौंको कप्तानी करण केसीले तथा चितवनको कुशल मल्लले गर्नेछन् ।
त्यस्तै, आज नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । जनकपुरको कप्तानी अनिलकुमार मण्डलले तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् । कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन पनि आबद्ध छन् ।
यसअघि आइतबार भने कुनै पनि खेल भएनन् ।
कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा स्थानीय तहको उपनिर्वाचन भएका कारण मंसिर १६ गते कुनै पनि खेल नराखिएको हो ।
शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । यसर्थ आज जनकपुर लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । आज जित निकालेमा उसको अघिल्लो चरणमा जाने बाटो फराकिलो बन्दै जानेछ ।
Facebook Comment
Comment